दफा ७३
अन्तरतह समन्वय
(१) यस ऐनको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन नेपाल सरकारले मन्त्रालय, प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरु रहेको अन्तरतह समन्वय समिति गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको समिति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।